काठ व्यापारी करवामाथि रिसइबी साँधेर आक्रमण, पीडित भन्छन्–झण्डैले ज्यान मारेनन्

काठ व्यापारी करवामाथि रिसइबी साँधेर आक्रमण, पीडित भन्छन्–झण्डैले ज्यान मारेनन्

विराटनगर । मोरङ कटहरी–२ का काठ व्यापारी सञ्जयकुमार करवामाथि आक्रमण भएको छ । कटहरी–२ हल्दीवारीमा जय हनुमान भेनियर उद्योग सञ्चालन गर्दै आएका ५० वर्षीय करवामाथि आक्रमण गरि निर्घात कुटपिट गरिएको हो । पुरानो रिसलाई कटहरी गाउँपालिका ३ का ६५ वर्षीय उचितलाल साह र छोरा ३५ वर्षीय अजय साहले यसबेला साँधेको पीडित करवाको भनाई छ ।

टाउकोमा गहिरो चोटपटक लागेका करवालाई उचितलाल र अजयले ढुंगाले आक्रमण गर्दा चोट लागेको छ । टाउकोमा ६ टाँचा मारेर उनले आइतबार पत्रकार सम्मेलन गरेका थिए । आक्रमण गर्ने उचितलाल धानको व्यापारी हुन् । अजय पूर्वाञ्चल विश्वविद्यालय पुसेटका प्रध्यापक हुन् । उचिललालले धानको अवैध कारोबार गर्दै आएको दावी गरिएको छ ।
तर, मरणसन्न हुनेगरि कुटपिट गर्दा पनि मोरङ प्रहरीले पीडित व्यापारी सञ्जयकुमार करवाले उनीहरु विरुद्ध दिएको उजुरी भने लिन अस्वीकार गरेको छ । उचितलालले प्रहरीलाई उचित सहयोग गरेको आशंका गरिएको छ ।

काम गर्दै गरेको अवस्थामा एक्कासी आएर बाबुछोराले आक्रमण गरेको दावी करवाको छ । झण्डैले ज्यान लिएनन्, करवाले भने स्थानीयले तत्काल विराटनगर पु¥याएर उपचार गरेपछि ज्यान जोगियो । मोरङ प्रहरी कार्यालयमा पुगेर ज्यान मार्ने उद्योगमा जाहेरी दिँदा प्रहरीले नमानेको उनको दावी छ । प्रहरीले उल्टै मिल्न दवाव दिदैं आएको छ ।

अहिलेसम्म प्रहरीले घाउँजाच फारम भरेर जाहेर लिन पनि मानेको छैन । कटहरी २ मा जमिन भएपनि सञ्जयकुमार करवा विराटनगरमा ७ मा बस्दै आएका छन् । हुलाकी लोकमार्ग विस्तारको क्रममा कटहरी २ मा करवाको ३ कठ्ठा १७ धुर जमिनमध्ये केही भाग भत्काइएको थियो । २९ जेठमा पसल बनाउन जग्गा छुट्याउन कटहरी २ मा पुगेका उनले सँधियार हरि राजवंशीको घर पूर्वपट्टि छलफल गरिरहेको अवस्थामा मोटसाइकलामा आएका उचितलाल र उनका छोरा अजयले ढुङ्गाले आक्रमण गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्