राजेश भए जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी

<span class='c1'>राजेश भए जेठ</span> <span class='c2'>महिनाको सर्वोत्कृष्ट प्रहरी</span>

विराटनगर । प्रहरी जवान राजेश कुमार यादव २०७८ जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरवन्दी भएका यादवलाई प्रदेश १ प्रहरी कार्यालयले सर्वोकृष्ट प्रहरीको सम्मान दिएको हो ।

विभागिय मुल्य(मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य गरेको भन्दै उनलाई जेठ महिनाको सर्वोकृष्ट प्रहरीको सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिइएको छ ।
यादवले अपराधिक कार्यमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउने, अबैध भन्सार छली चोरी निकासी तथा पैठारीको सामानहरु पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने लगायत विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयबाट प्रेसित सूचनामा उल्लेख गरिएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्