विराटनगरको ग्रिनल्याण्ड कलेज पढेका विशाल तिम्सिना, भारतमा सिए टपर

विराटनगरको ग्रिनल्याण्ड कलेज पढेका विशाल तिम्सिना, भारतमा सिए टपर

विराटनगर । विराटनगरमा रहेको ग्रिनल्याण्ड कलेजमा अध्ययन पुरा गरेका एक विद्यार्थीले भारतमा चार्टर्ड एकाउन्टेन्ट (सिए) मा भारतकै उत्कृष्ट (टपर) भएका छन् ।
ग्रिनल्याण्ड कलेजबाट अध्ययन पुरा गरेका विशाल तिम्सिनाले भारत कै सर्व उत्कृष्ट हुन सफल भएका हुन् ।
तिम्सिनाले ग्रिनल्याण्डमा २०७१-०७२ सालमा अध्ययन पुरा गरेर भारतको चेन्नाई अध्ययनका लागि गएका थिए । विशाल तिम्सिनाले सन् २०२१ मा भएको सिएको फाइनल परिक्षामा भारतकै पहिलो ‘र्याङ्किङ’मा टप गरेका हुन् ।
विशाल सिएमा भारतकै टप गर्ने पहिलो नेपाली विद्यार्थी रहेको ग्रिनल्याण्डका प्रिन्सिपल दिपक पोखरेलले दावी गरे । पोखरेल भन्छन, ‘यसले विराटनगरका विद्यार्थी अब्बल छन् भन्ने प्रमाणित गरेको छ ।’

कलेजका निर्देशक दिनेश दाहालले नेपालकै शैक्षिक हवका रुपमा परिचित विराटनगरको गुणस्तर विशालको नतिजाले पनि पुष्टि गरेको बताए । उनले भने,‘ हामीले प्रदान गरेको शैक्षिक गुणस्तर विशालले प्रमाणित गरिदिएका छन्, उनको उज्वल भविष्यको कामना गर्दछु ।’
पछिल्लो समय शैक्षिक गुणस्तरमा सचेत रहँदै आएको ग्रिनल्याण्डले प्लस टु का विज्ञान, कम्प्युटर , व्यवस्थापन र होटेल मेनेज्मेन्ट संकायमा अध्यापन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्