रंगेलीको धनापट्टीमा सशस्त्र प्रहरीको बीओपी भवन उद्घाटन

<span class='c1'>रंगेलीको धनापट्टीमा सशस्त्र प्रहरीको</span> <span class='c2'>बीओपी भवन उद्घाटन</span>

रंगेली । मोरङको रंगेली नगरपालिका ५ स्थित धनापट्टीमा सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.को नयाँ भवन उद्घाटन गरिएको छ ।
धनापट्टीको नव निर्मित भवनको सोमबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो ।

नेपालको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको नीति तथा सीमा सुरक्षाको लागि रंगेलीमा थप बि.ओ.पि. स्थापना भएको छ । भवन उद्घाटनमा रंगेली नगरपालिका प्रमुख दिलिप कुमार बगडीया, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका बाहीनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री बंशीराज दाहाल, सशस्त्र प्रहरीका एसपी तिर्थ पौडेल, नगरपालिकाका कर्याकारी अधिकृत टोम प्रसाद सुवेदी, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्का लगायतको उपस्थिति रहेको थियो ।

भवन निर्माणका लागि स्थानीय जग्गादाता राकेश मण्डलले ४ कठ्ठा , शंकर कुमार मण्डल बाट १ कठ्ठा तथा मोहनलाल मण्डलबाट १ कठ्ठा गरी ६ कठ्ठा उपलब्ध भएको थियो । उक्त भवन २०७७ माघ १७ गते शिलन्यास गरेर २०७८ असार ७ गते सम्पन्न भएको हो ।

नव निर्मित भवनमा ४ कोठा १ ब्यारेक र स्टोर रुम सहितको किचन तथा मेश समेत निर्माण गरिएको छ। भवन निर्माणकार्यका लागि रंगेली नगरपालिकाबाट १६ लाख रुपैयाँ तथा समाजसेवी मनोज कुमार अग्रवालले ३ कोठाको छत ढलान सहित शौचालय तथा जस्तापाता र स्नान घर तथा अन्य समाजसेवीहरुको सहयोगमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको र ३५ लाख रुपैयाँ बराबरको लागतमा उक्त भवन निर्माणकार्य गरिएको प्रहरी निरिक्षक कमलबहादुर अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्