जिल्ला ट्राफिक कार्यलय मोरङमा कार्यरत कार्की उत्कृष्ट ट्राफिक प्रहरी घोषित

<span class='c1'>जिल्ला ट्राफिक कार्यलय मोरङमा कार्यरत</span> <span class='c2'>कार्की उत्कृष्ट ट्राफिक प्रहरी घोषित</span>

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत ट्राफिक प्रहरी जवान लोकबहादुर कार्की जेष्ठ महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित भएका छन् ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीले कार्कीलाई उत्कृष्ट कार्य सम्पादनको आधारमा जेष्ठ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरेको हो ।


कार्कीले विभागीय नीति निर्देशन बमोजिम व्यवसायिक ंढंगबाट लगनशिल एवं कर्तव्यनिष्ठ तरिकाले ट्राफिक जनचेतनामुलक प्रशिक्षणमा उल्लेखिनिय भूमिका खेलेको भन्दै उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।
कार्कीले पदिय जिम्मवारी पूरा गर्ने क्रममा विद्यार्थी, चालक, आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक जनचेतामुलक प्रशिक्षणको लागि डकुमेन्ट बनाइ प्रशिक्ष्ण कार्यमा सक्रिय भएको, कार्यालय संचालन तथा शाखाहरुबाट सम्पादित काम कारवाहीहरुलाई कम्प्युटराइज्ड गरी प्रविधिहरुको प्रयोग गर्ने कार्यमा उल्लेखिनिय भुमिका निर्वाभ गरेकोले उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरेको कार्य विवरणमा उल्लेखछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्