देश दुर्घटनामा जान नदिने र संविधानलाई सही बाटोमा हिडाउने प्रचण्डको दाबी

<span class='c1'>देश दुर्घटनामा जान नदिने र संविधानलाई</span> <span class='c2'>सही बाटोमा हिडाउने प्रचण्डको दाबी</span>

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताउनुभएको छ । माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई आज सम्बोधन गर्दै उहाँले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताउनुभयो ।
सो अवसरमा अध्यक्ष दाहालले पौडेलले कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गनृुभयो । पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्