इटहरीमा मध्यराति दुर्घटना : ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

<span class='c1'>इटहरीमा मध्यराति दुर्घटना : ट्रकको ठक्करबाट</span> <span class='c2'>मोटरसाइकलमा सवार दुई जनाको मृत्यु</span>

सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ। इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्पनजिक कोसी लोकमार्गमा शनिबार राति करिब ११ः५० बजे दुर्घटना भएको हो।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवै जनालाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन। प्रहरीले दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्