ब्राउन सुगर र लागुऔषधसहित पाँचजना पक्राउ

ब्राउन सुगर र लागुऔषधसहित पाँचजना पक्राउ

रंगेली । मोरङ सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौकबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई रंगेली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी ७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भन्ने समिर चौधरी रहेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका साढे ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको तिन जना सवारी चेक जाँच गर्ने क्रममा उनीहरु लाई पक्राउ गरेको हो । प्रहरीले रहेको प्रदेश नम्बर १–०२–०४५ प ३९७३ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उनिहरुको साथबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।

यसै गरी प्रहरीले सोहि स्थानबाट राती ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका ४ का २५ बर्षीय प्रकाश लिम्बु र २० बर्षीय बिमल तामाङ रहेका छन् । दक्षिणबाट आउदै गरेको को ४ प ९१८० नम्वरको मोटरसाईकलमा सवारी उनिहरुको साथबाट लागुऔषधसहित फेला पारि मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका ५ जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीमा लगि थप अनुन्धान गरिरहेको प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्