सामाजिक उत्तरदायित्व बहन गर्दै मेरील्याण्ड कलेज

<span class='c1'>सामाजिक उत्तरदायित्व बहन</span> <span class='c2'>गर्दै मेरील्याण्ड कलेज</span>

विराटनगर । विराटनगर रङ्गेली रोडमा रहेको मेरील्याण्ड कलेज विराटनगरले सामाजिक उत्तरदायित्व वहन गर्दै लामो समय सम्म निषेधाज्ञामा पिल्छीएका अति विपन्न परिवारको लागी राहत सामाग्री हस्तान्तरण गरेको छ ।
कलेजले मंगलबार कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी ६० बोरा चामल विभिन्न सामाजिक कार्यमा खटिएका सस्थालाई हस्तान्त्रण गरेको छ ।
कोरोना भाइरसको दोस्रो लहरसंगै जारी निषेधाज्ञाका कारण अति विपन्न तथा दैनिकी ज्लादारीमा काम गर्ने मजदुरीहरुको लागी विराटनगरमा विभिन्न सामाजिक सेवामा कार्यररत संघ सस्थाले खाना खुवाउने तथा राहत सामाग्री वितरण गर्दै आईरहेका छन् ।
कोरोना माहामारीको समयमा कोरोना पिडितसँग मेरील्याण्ड भन्ने नाराका साथ माहामारीको समयमा कोही पनि भौकै नबसुन भन्दै कलेजबाट सामाजिक उत्तरदायित्व वहन गर्दै राहत सामाग्री ३ वटा समुहलाई हस्तान्त्रण गरिएको कलेजका डाईरेक्टर भेषराज पोखरेलले जानकारी दिए ।
कलेजलले हाम्रो अभियान, युथ युनिटी अफ नेपाल र परिर्वतका लागी हातेमालो नामक संस्थालाई १५ र २५ बोराका दरले चामल हस्तान्त्रण गरेको थियो ।
कलेजबाट प्राप्त राहत सामाग्री निधेषाज्ञाको चपेटामा परेका लक्षित बर्ग समुहमा पुर्याउने युथ युनिटी अफ नेपालका ईन्तीहाज आलमले बताए ।
यसैविच हाम्रो अभियानले पनि विगत लामो समयदेखी वेसहारालाई निशुल्क खाना खुवाउने अभियान जारी छ । प्राप्त चामल निशुल्क खाना अभियानमा प्रयोग गरिने हाम्रो अभियानका पप्पु अन्सारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्