पाथिभरा लायन्स जनता अध्ययन केन्द्रको भवन उद्घाटन

पाथिभरा लायन्स जनता अध्ययन केन्द्रको भवन उद्घाटन

लायन्स क्लव अफ विराटनगर पाथिभराले पाथिभरा लायन्स जनता अध्ययन केन्द्रको एक कोठे भवनको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । बालबालिकाहरुको छाना मुनी बसेर बढने रहरलाई लायन्स क्लव अफ विराटनगर पाथिभराले पुरा गरिदिएको छ । पाथिभरा लायन्स जनता अध्ययन केन्द्रमा स्थानीय बालबालिकाहरु अध्ययन गर्ने छन् । एक रिपोर्ट

विराटनगर–१६ स्थित दरैया बस्तीका मुसहर समुदायका बालबालिकाहरुलाई पठनपाठन गर्न सहज बनाउने उद्ेश्यले लायन्स क्लव अफ विराटनगर पाथिभराले एक कोठे भवनको आज विधिवत रुपले उद्घाटन गरी सञ्चानमा ल्याएको हो । क्लवले सहयोगीहरुलाई प्रशंसा–पत्र प्रदान गरेको छ । केन्द्रमा विद्यार्थीहरुको चाप पढदै गर्दा लायन्स क्लव अफ विराटनगर पाथीभराले क्लवका सदस्यहरुबाट सक्लन गरिएको रकमले थप एक कोठे भवन निर्माण गरेको क्लवकी अध्यक्ष गंगा खतिवडा (शाह) ले जनाउनुभयो ।

उहाँले बालबालिकाहरुको हरेक इच्छा आंक्षा पुरा गर्न क्लवका सवै सदस्यहरु अझै लागि पर्ने बताउनुभयो । ५ लाख ५० हजार रुपैयाँ लागतमा २० वाई २० फिटको निर्मित १ कोठे भवनको मल्टिपल काउन्सील प्रमुख राजन खत्रीले उद्घाटन गर्नुभएसँगै औपचारिक रुपमा सञ्चालनमा आएको छ । भवन निर्माण भएपछि दरैया बस्तीका मुसहर समुदायका मानिसहरु खुशीभएका छन् । भने बालबालिकाहरु नयाँ भवनमा पढन पाउने भएका छन् । दलित बालबालिकाहरुको लागि यस्तो मनकारी भावनाका साथ लायन्स क्लव अफ विराटनगर पाथिभाराले गरेको काम उदाहरीणय रहेको मल्टिपल काउन्सील प्रमुख राजन खत्रीले बताउनुभयो ।

उहाँले क्लबको उच्च मुल्याङ्गन गर्नु हुँदै कामको प्रशंसा गर्नुभयो । भवन निर्माणका लागि मिति २०७७ माघ ७ गते जिएसटी मल्टिपल को–ओर्डिनेटर अनन्त भेटवाल, पूर्व डिस्ट्रिक गर्भनर ३२५ का लिला ढुंगेल र युनिट एरिया लिडर फस्ट भाईस डिष्ट्रिक गर्भनर रेवत बहादुर कार्की लगायतको उपस्थितिमा शिलान्यास गरिएकोे थियो । दलित बालबालिकाहरुका लागि लयान्स क्लव अफ पाथिभराले उच्च शिक्षाका लागि अभियान निकै नै सराहनीय रहेको डिस्ट्रिक गभर्नर इलेक्टेड, रेवत वहादुर कार्कीले बताउनुभयो ।

निरन्तर यो कार्यमा लागि रहन सुझावदिनु हुँदै आवश्यक परेमा सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । क्लवले च्यारीटी सो प्रदर्शन गरी केन्द्रमा चर्पी समेत बनाई दिएको थियो । विगत ३ वर्ष अगाडी देखी भवन नहुँदा बालबालिकहरु चौरीमा पढदै आईरहेको थियो । यी नै जरजर अवस्था देखेर लायन्स क्लव अफ पाथिभाराकी पूर्व अध्यक्ष अपर्णा दाहालको नेतृत्वमा एक कोठे पाथिभरा लायन्स जनता अध्यन केन्द्र निर्माण गरेर २०७५÷२०७६ सालमा डिष्ट्रिक्ट गर्भनर लायन अनन्त प्रसाद भेटुवाल मार्फत भवन केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्