लक्ष्मीनिया युवा क्लबद्वारा जहदाका ७० घरपरिवारलाई खाद्यान्न वितरण

लक्ष्मीनिया युवा क्लबद्वारा जहदाका ७० घरपरिवारलाई खाद्यान्न वितरण

विराटनगर । मोरङको जहदा गाउँपालिकामा सामाजिक कार्य गर्दै आइरहेको सामाजिक संस्था लक्ष्मीनिया युवा क्लबले ७० परिवारलाई खाद्यान्न सहयोग गरेको छ। अघिल्लो वर्षको लकडाउन सुरु भएदेखि राहत सामाग्री सहयोग गर्दै आएको क्लबले यस पटक पनि जहदामा राहत वितरण गरेको हो ।

निषेधाज्ञाका कारण दैनिक जीविकोपार्जनमा समस्या परेका ज्वालादारी गर्ने मजदुर, सिटी चालक, अति बिपन्न परिवार, गरिब तथा असाह्यलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । सकेसम्म घरमै खाद्यान्न सामग्री पु¥याउँदै युवाहरुले दोस्रो चरणको संक्रमणमा २० क्विन्टल बराबर चामल बाँडिसकेको छ । प्रतिपरिवार २५ किलो चामल, ३ किलो दाल, २ लिटर तेल, ३ किलो पिठो, ५ किलो आलु, एक बोरा भुजा, २ किलो नुन, २ किलो चिनी, साबुन मास्क लगायतका सामान उपलब्ध गराइएको हो ।

आवश्यता र स्तिथि देखेर प्रति परिवार ३० देखि ५० किलो सम्म चामल एकै परिवारलाई पनि सहयोग गरिएको छ । हाल सो क्लब राहत वितरणको साथसाथै कोरोना संक्रमितको घरघर निर्मलीकरण, सचेतना कार्यक्रम माइकिङ, मास्क साबुन सेनिटाइजर वितरण, होम आइसोलेसनमा बसेकाहरुलाई सिधा फोन बाटै क्लबको मेडिकल टिम तथा विशेषज्ञ चिकित्सकसंग परामर्श लिनसक्ने सुबिधा, कोरोना संक्रमितको घरमा मेडिकल टिमको भिजिट लगायतको अभियान जारी रहेको क्लबका अध्यक्ष नितेश कुमार साहले जानकारी दिनुभयो ।

कोरोनाको दोस्रो लहर सुरु भएदेखि क्लबले हालसम्म अति बिपन्न ७० परिवारमा १९५० किलो चामल, १९० किलो दाल, १४० लिटर खाने तेल, ९२ किलो नुन, २६८ किलो आलु, २८ बोरा भुजा, ५३ पिस साबुन, ९० किलो पिठो, ९० किलो चिनी र ३००० थान भन्दा बढी मास्क वितरण गरेसकेका छ। बिभिन्न सहयोगी हातहरुको सहयोगले अभियान जारी रहेको जहदा–५ साखा अध्यक्ष सरोज महतोले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्