विराटनगरका १०२ जना सिटी रिक्सा चालकलाई दिगो विकास इन्सिच्यूटद्धारा खाद्यान्न सहयोग

विराटनगरका १०२ जना सिटी रिक्सा चालकलाई दिगो विकास इन्सिच्यूटद्धारा खाद्यान्न सहयोग

विराटनगर । विराटनगर महानगरपालिका भित्रका अत्यन्त विपन्न १०२ इलेक्ट्रिक सिटी रिक्सा चालकहरुलाई दिगो विकास इन्सिच्यूटले खाद्यान्न सहयोग गर्ने भएको छ ।

पहिलो चरणमा ७ जना पुरुष र ३ जना महिला गरि जम्मा १० जना चालकहरुलाई विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र गैर सरकारी संस्था माहासंघ मोरङका उपध्यक्ष्य विष्णु पन्तको उपस्थितिमा बुधबार राहत वितरण गरिएको थियो । बाँकि ९२ चालकहरुलाई कुपन प्रणली मापर्mत खाद्यान्न सामाग्री उपलब्ध गराइने दिगो विकास इन्सिच्यूटका कार्यक्रम निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराउनु भएको हो ।

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले सिटी रिक्सा यूनियनका नेता गोपाल भुजेल र मोहम्मद अफजल अन्सारीलाइ कुपन हस्तान्नतरण गर्नुभएको छ । सो कुपन यूनियनका नेताहरुले रिक्सा चालकलाई बितरण गरी विराट स्मार्ट स्टोरबाट खाद्यान्न उपलब्ध गराउने कुरा दिगो विकास इन्सिच्यूटका कार्यक्रम निर्देशक श्रेष्ठले जानकारी गराउनुभएको छ ।

यूनियनमार्फत अत्यन्त विपन्न सिटी रिक्सा चालकको पहिचान गरेर संस्था लाई नाम उप्लब्ध गराइएको थियो । दिगो विकास इन्सिच्यूटद्धारा हरेक सिटी रिक्सा चालकहरुलाई १ बोरा जिरा मसिनो चामल, १ के.जि दाल, १ लिटर तेल, १ के.जि. नुन, ५०० ग्राम सोयाविन र १० पिस मास्क गरी जम्मा २ लाख १३ हजार ५४३ रुपैया बराबरको सामाग्री वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्