जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दावी गरिएको छ ।
जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताउनुभएको छ ।
उहाँले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि सङ्कटकाल लगाउन पर्न सक्ने शुक्रबार बताउनुभयो ।
जापानको राजधानी समेत पर्ने टोकियो महानगरपालिका भित्र मात्रै बिहीबार एक दिनमा ५७० जना नयाँ सङ्क्रमित भेटिएका छन् ।
टोकियोमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढ्दै गएकाले फेरि सङ्टकालको खतरा बढेको उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो ।
अहिलेको अवस्था हेर्दा सङ्क्रमितको सङ्ख्या थप बढ्दै जाने देखिएको पनि उहाँले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्