विराटनगरमा ३६ जना संक्रमित थप, हाल २ हजार २ सय ९५ सक्रिय संक्रमित

<span class='c1'>विराटनगरमा ३६ जना संक्रमित थप, हाल २</span> <span class='c2'>हजार २ सय ९५ सक्रिय संक्रमित</span>

विराटनगर महानगरपालिकामा पछिल्लो २४ घण्टामा ३६ जना कोरोना भाईरसको नयाँ संक्रमित देखिएका छन् । संक्रमित हुनेमा २१ पुरुष र १५ महिला छन् । विराटनगरको सबै भन्दा बढि वडा नं १ मा ७ जना संक्रमण देखिएको छ भने क्रमश वडा नम्बर ५ मा ६ जना तथा वडा नम्बर ३, ४, र ८ मा ४ जनामा संक्रमण देखिएको हो।
सो अवधीमा संक्रमण मुक्त भएका र मृत्यु भएका कुनै घटना महानगरले सार्वजनिक गरेको छैन ।

यसैगरि आज जम्मा ५९ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन भएको छ ।

विराटनगर हाल २ हजार २ सय ९५ सक्रिय संक्रमित संख्या सहित महामारीको रेड जोनमा रहेको सहर हो ।

दोश्रो लहरको कोभिड १९ महामारीमा १० हजार २ सय ४३ जना संक्रमित भएका छन् भने १ सय ३९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्