उदयपुर । उदयपुर ताप्लि २ घर भई हाल लिमचुङबुङ ३ दोबाटे स्थित बस्दै आएका २५ बर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ । भैसी चराउन गएका परियारको सोही स्थानमा रहेको बिजुलीको पोलमा चड्दा अचानक करेन्ट लागी घट्नास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाऊन साथ ईलाका प्रहरी कार्यालय लिमचुङबुङ र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धानको कार्य भईरहेको जनाइएको छ ।