विराटनगरको बालसुधार गृहबाट फरार चारजना बालकमध्ये एकजना नियन्त्रणमा

<span class='c1'>विराटनगरको बालसुधार गृहबाट फरार</span> <span class='c2'>चारजना बालकमध्ये एकजना नियन्त्रणमा</span>

विराटनगर । विराटनगरस्थित बाल सुधार गृहदेखि चारजना बालक भागेका छन् । गए राती फरार भएका चार जना बालकमध्ये शनिबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएकामध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमदेखि पक्राउ गरेको हो ।

तीन जना भने अझैसम्म फरार रहेका बाल गृहका इन्चार्ज मिलन चौहानले जानकारी दिए । फरार हुने तीन जना जवरजस्ती करणी मुद्दाका कैद सजाय र एक जना हातहतियरा खरखजना मुद्दामा पुर्पक्षका लागि रहेका बाल बिज्याँइकर्ता रहेका थिए । उनीहरु मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बाल बिज्याँइकर्ता पक्राउ परेका हुन् ।

फरार भएकामध्ये संखुवासभा, उदयपुर र झापा घर भएका तीन जना फरार बनेर सम्पर्कविहीन नै रहेका कारण खोजी जारी राखिएको मोरङ प्रहरीका निमिक्त प्रमुख डिएसपी मन्जिल मुकारुङले जानकारी दिनुभयो ।

शनिबार बिहान राति २ः५५ बजेतिर एकैपटक चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेको सुरक्षा संयन्त्रको बुझाई छ । एक वर्ष अगाडी पनि दुई जना फरार भएका थिए । उनीहरुलाई पाँचदिनपछि झापाबाट पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्