कोरोना भाईरसको पछिल्लो २४ घण्टाको तथ्याकं

<span class='c1'>कोरोना भाईरसको पछिल्लो</span> <span class='c2'>२४ घण्टाको तथ्याकं</span>

विगत २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत रहेको छ ।

४, ९१४ निको

सङ्क्रमण मुक्त भई आज चार हजार ९१४ जना घर फर्किएका छन् । योसँगै कूल पाँच लाख ८१ हजार ३२७ जना निको भएका छन् । नेपालमा निको हुने दर ९१.९ प्रतिशत पुगेको छ ।

३० को निधन

यस्तै विगत २४ घण्टामा ३० जनाको सङ्क्रमणका कारणले निधन भएका छन्् । अहिलेसम्म सङ्क्रमणका कारणले आठ हजार ९७५ जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३०२.६ जनाको निधन भएको छ ।

७३४ आइसियु र २२२ भेन्टिलेटरमा

यसैगरी सङ्क्रमितमध्ये ७३४ जना सघन उपचार कक्ष (आइसियु) र २२२ जना भेन्टिलेटरमा रहेका छन् । आइसियुमा प्रदेश नं १ मा १४५ जना, प्रदेश नं २ मा २४, वाग्मतीमा ४०५, गण्डकीमा ७७, लुम्बिनीमा ६०, कर्णाली प्रदेशमा १४ र सूदुरपश्चिम प्रदेशमा नौ रहेका छन् ।

भेन्टिलेटरमा प्रदेश नं १ मा ४२, प्रदेश नं २ मा एक, वाग्मतीमा १४१, गण्डकीमा १८, लुम्बिनीमा १४, कर्णालीमा दुई र सूदुरपश्चिममा चार रहेका छन् । होम आइसोलेशनमा ३९ हजार १९९ जना र संस्थागत आइसोलेशनमा दुई हजार ८२५ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्