बाबु ओछ्याउन परेपछि तीन छोराछोरी र श्रीमतीको बिचल्ली

बाबु ओछ्याउन परेपछि तीन छोराछोरी र श्रीमतीको बिचल्ली

रबिन्द्र बराल
रंगेली । एकवर्ष अगाडीसम्म टेम्बु चलाएर आफ्नो परिवारको जीवन बचाउँदै आएका मोरङ धनपालथान गाउँपालिका ४ कर्सिया बजारका ३५ वर्षीय सन्तोष साह अहिले ओछ्यान परेका छन् । सामान्य हुँदै पछिल्लो दुई महिनायता खुट्टा सुनिन्ने र पेट फुल्ने समस्या देखिएका सन्तोषको उपचार हुनसक्ने हैसियतको आर्थिक अवस्था छैन । सुरुमै उपचार गराउन नपाएका उनी जटिल रोगबाट ग्रसित बनेका बनिसकेका छन् ।

श्रीमती र तीन सन्तानको भरोसा सन्तोषको उपचारका लागि यस अगाडी केहि प्रयत्न समेत भएका थिए । केहि साता अगाडी जनप्रतिनिधि र विभिन्न संघ संस्था तथा स्थानीय युवाहरुको सक्रियतामा रकम सङ्कलन गरेर कोशी अस्पतालमा उपचारका भर्ना गरिएको थियो ।
परीक्षणका क्रममा उनको लिभर खराव भएको हुनाले उपचार हुननसक्ने चिकित्सकले सुझाव दिएका छन् । त्यसपछि उनको घरमा रुवाबासी चलिरहेको छ । सन्तोष बिरामी परेर ओछ्यान लागेसँगै उनको परिवारमा दुई छाक टार्ने मेलो हराएको छ । श्रीमती कमला र छोराछोरी ओछ्यान परेका सन्तोषको नजिकै बसेर रुन्छन् ।

श्रीमती कमला साह (परियार) आसा र भरोसा हराएको भन्दै नाबालक सन्तानलाई काखमा च्यापेर छट्पट्टाई रहेकी छिन् । उनको १२ बर्षीया छोरी लक्ष्मी साह, १० बर्षीया अन्जली साह र ८ बर्षका भवेश साह बिरामी बुबाको नजिक बसेर रोहिरहेका छन् ।
कमलालाई छोराछोरीको पालनपोषण गर्ने र उच्च शिक्षा कसरी दिने विषयमा चिन्ता छ । उनीहरु कोठा भाडामा लिएर बस्दै आएका छन् । भाडा तिर्न समेत अब सकस पर्दै गएको छ । श्रीमान्को उपचारका लागि उनले ८० हजार रुपैयाँ ऋण लिएको छु, त्यो पनि मेरो जीवनका लागि भारी पर्नेभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्