संखुवासभा। संखुवासभा पाँचखपन नगरपालिका ६ माथिल्लो स्वाङगे का ६५ बर्षीय लिला बहादुर कटुवालको रुखबाट लडेर मृत्यु भएको छ ।
घर नजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते भएका कटुवालको वाना प्राथमिक स्वास्थ्य केन्द्र वानामा पुर्याउन साथ मृत्यु भएको हो । उनी हिजो बेलुका ६ बजे घाँस काट्न भन्दै रुख चढेका बेला लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।