कोशीमा भएको सवारी दुर्घटनामा परी विराटनगरका दुईसहित तीनजनाको मृत्यु, २ जना घाईते

कोशीमा भएको सवारी दुर्घटनामा परी विराटनगरका दुईसहित तीनजनाको मृत्यु, २ जना घाईते

सुनसरी । पुर्व पश्चिम राजमार्गमा आज बिहान भएको एक दुर्घटनामा परि विराटनगरका दुई जना सहित तिन जनाको मृत्यु भएको छ। सुनसरी जिल्लामा पर्ने कोशी गाऊँपालिका ८ नङ्खु टोल स्थित पुर्ब-पश्चिम राजमार्गमा हायस गाडीले पिकअप र मोटरसाईकललाई ठक्कर दिँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु र २ जना घाईते भएका हुन् ।
आज बिहान पौने ८ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाईकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह, मोटरसाईकल पछाडी सवार मोरङग बिराटनगर ९ का ४५ बर्षीय राम प्रसाद साह र पिकअप चालक बिराटनगर ७ का ४० बर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त दुर्घटनाबाट घाईते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका १३ का ३५ बर्षीय विवस तामाङ् र हायसको सहचालक सोही स्थान ११ का २५ बर्षीय नारायण बत्सयालको बिराट नर्सिङ होममा उपचार भईरहेको छ । दुर्घटना भएका तिन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्