बालसुधार गृहबाट भागेका चारैजना विराटनगरमै पक्राउ, छतबाट हामफाल्दा घाइते

<span class='c1'> बालसुधार गृहबाट भागेका चारैजना विराटनगरमै</span> <span class='c2'>पक्राउ, छतबाट हामफाल्दा घाइते</span>

विराटनगर । विराटनगर–३ स्थित बालसुधार गृहबाट हिजो भागेका चारैजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । बालसुधार गृहको छतबाट हामफाली हिजो बिहान ३ः१५ बजे भागेका उनीहरुमध्ये थप तीनजनालाई आज बिहान ९ः१५ बजे विराटनगर–४ बाट पक्राउ गरिएको हो । एकजना हिजै पक्राउ परेका थिए ।

मोरङका प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङ्गका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय रानी विराटनगरका आरआईटी शाखाको टोलिले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले निरन्तर खोजतलास गर्ने क्रममा विराटनगर–४ स्थित पुलचोक नहर छेउबाट पक्राउ गरेको थियो ।

छतबाट हाम फालेर भागेका बालकहरु सामान्य घाइते समेत रहेको पाइएकोले उनीहरुको कोशी अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक मुकारुङ्गले जानकारी दिनुभयो । विभिन्न घटनामा संलग्न भई अदालतले दोषी ठहर गरेका बाल बिज्याँईकर्ताहरुलाई बाल सुधार गृहमा राख्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्