सुनवर्षीमा बाबुको हत्या आरोपमा छोरा पक्राउ

<span class='c1'>सुनवर्षीमा बाबुको हत्या</span> <span class='c2'>आरोपमा छोरा पक्राउ</span>

विराटनगर । मोरङको सुनबर्सी नगरपालिका–४ मा बुबाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ परेका छन् । मादक पदार्थ सेवनपछिको विवादमा ६८ वर्षीय बुबा टिनताल ताजपुरियाको हत्या गरेको आरोपमा ४० वर्षीय दयालु ताजपुरिया पक्राउ परेका हुन् ।

शनिबार बिहान ६ बजेतिर ओछ्यानमा सुतिरहेको बेला वृद्ध बुवालाई ढुङ्गाले हानेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

ढुङ्गा प्रहारपछि गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । कोशी अस्पतालले अन्यन्त्र रेफर गरेको थियो । तर आफन्तले खर्च अभावका कारण अस्पताल नलगी घर फर्काएका थिए । टिनतालको आइतबार बिहान साढे ५ बजेतिर घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्