विराटनगर मेनरोडमा सवारी दुर्घटना हुँदा दुई घाईते

<span class='c1'>विराटनगर मेनरोडमा सवारी दुर्घटना</span> <span class='c2'>हुँदा दुई घाईते</span>

विराटनगर । विराटनगर मेन रोड हनमान मन्दिर अगाडी सवारी दुर्घटना हुँदा मोटरसाईकल चालक सहित एक पैदलयात्री घाईते भएका छन् ।

ट्राफिक चौकबाट तिनपैनी तर्फ जाँदै गरेको को १४ प २१२० नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई आईतबार दिउसो अन्दाजी २ बजेको समयमा ठक्कर दिएको हो ।
बाटो क्रस गर्ने बेलामा पैदालयात्री मोरङको उर्लाबारी ७ घर भएकी ३६ बर्षिया सविना सिग्देललाई ठक्कर दिएको दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घाईते सिग्देलको टाउकोमा गम्भीर चोट लागेको र अहिले उनको न्युरो अस्पतालमा उपचार भईरहेको छ । यता मोटरसाईकल चालक विराटनगर ६ बस्ने २२ बर्षिय राजु सुनारको सवारी अनुमति पत्र (लाईसेन्स) नभएको बुझिएको छ । मोटरसाईल चालकको पनि टाउकोमा सामान्य चोट लागेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्