निषेधाज्ञालाई खुकुलो बनाईदै भोलीदेखी ४ बजेसम्म बजार खुल्ला रहने

<span class='c1'>निषेधाज्ञालाई खुकुलो बनाईदै भोलीदेखी ४</span> <span class='c2'>बजेसम्म बजार खुल्ला रहने</span>

विराटनगर । कोरोना भाईरसको दोस्रो लहरको उच्च जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको निषेधाज्ञा मोरगंमा खुकुलो बनाईदै लगिएको छ । झण्डै २ महिना बढी जारी निषेधाज्ञालाई मोरङ प्रशासलने खुकुलो बनाउदै लगेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले खुकुलो केही प्रावधान सहित एक साताका लागि निषेधाज्ञा अवधी थप गरेको छ । जिल्ला कोरोना संक्रमण व्यावस्थापन समितिको सोमबार बसेको बैठकले निषेधाज्ञाको अवधी असार २१ गतेसम्म थप गरेको हो ।
खुकुलो प्रावधानसहित थप गरिएको निषेधाज्ञा अवधीमा निजी सवारी जोरबिजोरका आधारमा सञ्चालन गर्न पाइनेछ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार सार्बजनिक सवारी तत्काल सञ्चालन नगर्ने निर्णय भएको छ । बजारका पसल दिउँसो ४ बजेसम्म खुला गर्ने निर्णय भएको जिल्ला प्रशासनले जनाएको छ ।
यस अघि बजार पसल ११ त्यसपछि १२ बजेसम्म खोल्ने दिने निर्णय भएको थियो भने भोलीबाट ४ बजेसम्म बजार पसल खोल्न दिने निर्णय भएको छ । सरकारी कार्यालयहरु पनि खुला गर्न अनुमति दिइएको उनले बताए । होटल, रेस्टुरेन्ट सिनेमा हल, जिम भने तत्काल खुला गरिएको छैन । असार ७ गते थप गरिएको निशेधाज्ञा आज राति १२ बजेबाट सकिदैछ । प्रशासनले आगामी असार २१ गते सम्म पुन निषेधाज्ञाको समय बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्