इटहरीका महिलालाई घरमै तालिम

इटहरीका महिलालाई घरमै तालिम

इटहरी । घरमा बसीबसी तालिम लिन पाँउदा इटहरीका महिला दिदीबहिनी उत्साहित भएका छन । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न चाहने महिला दिदीबहिनीलाई भर्चुअल प्रविधिवाट कौशी खेति सम्वन्धि तालिम प्रदान गरेको हो ।

कोरोना महामारीका कारण भेला भएर कार्यक्रम गर्न सम्भव नभएपछि कौशी खेति गर्न गठित सात वटा समूहका १३४ जनालाई जुम प्रविधिमार्फत कौशी खेति गर्ने तरिका सिकाइएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिनुभयो ।
इटहरी वडा नम्वर २०, ४ र ६ नम्वर वडामा आफनै घरमा कौशी खेति गर्नका लागि समूह बनाएका सात वटा समूहका महिला दिदीवहिनीलाई गंगा मायाँ अधिकारी र विमला राईले तालिम दिनुभएको हो । तालिम कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आफूले गरेको कौशी खेतिको अनुभव वारेमा जानकारी गराउनुभयो ।

उहाँले कौशी खेतिको महत्व र फाइदका वारेमा पनि प्रकाश पार्नुभयो । जुम प्रविधिवाट भएको तालिमका सहभागिहरु उत्साहित भएको कृषि शाखा प्रमुख अधिकारीले वताउनुभयोे । तालिममा सहभागि इटहरी ६ को उर्जाशिल कौशी कृषक समूहकी लक्ष्मी वरालले घरमै वसि वसि तालिममा सहभागि भएर कौशी खेति गर्ने तरिका सिक्न पाँउदा आफनो समूहका १९ जना खुशी भएको वताउनुभयो ।

घरको छतमै अर्गानिक सब्जि फलाएर उपभोग गर्न आफूहरु हतारिएको उहाँले प्रतिक्रिया दिनुभयो । उपमहानगरले तालिम लगायत सहयोग गरेकोमा उहाँले धन्यवाद समेत दिनुभयो । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न गठित महिला समूहलाई प्रति समूह २ लाखका दरले सहयोग उपलब्ध गराउने शाखा प्रमुख अधिकारीले वताउनुभयो । कौशी खेति गर्नका लागि आवश्यक समाग्री खरिदका लागि रकम उपलब्ध गराइने छ । थप एक लाखको कौशी खेतिका लागि बीउ खरिद गरेर कृषि महिला समूहलाई दिनइने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्