ओबीको पाठकप्रिय एक दशक यात्रा

ओबीको पाठकप्रिय एक दशक यात्रा

आवर विराटनगर अनलाइन पोर्टलले आज असार १५ गते एक दशकको यात्रा पार गरेको छ । आरोह–अवरोह भन्दा पाठकका मन छुँदै सफलतापूर्वक ओबीले आफ्नो यात्रालाई डोहो¥याई सकेको दशौं वर्षगाँठमा पाठक, शुभेच्छुक, शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
नागरिकले आफ्ना कुरा भनाउने सञ्चारमाध्यमको रुपमा ओबीलाई चिन्दै आएका छन् । विराटनगर आधार क्षेत्र बनाएको ओबीले आफ्नो सञ्जाललाई विस्तार गर्दै फराकिलो धारमा फड्को मारिरहेको छ । समाचार सामाग्री सम्प्रेषणसँगै नागरिकका हरेक दुःख, भोगाई र अपेक्षालाई एक साथ प्रस्तुत गर्ने विशेषता भएकै कारण लोकप्रियताले शिखर चुमिरहेको ओबीलाई माया गर्नेहरुको घुँइचो बढ्दै गएको हामीले महसुश गरेका छौं ।

तथ्यहरुलाई केलाएर समाजको वास्तकितालाई सत्य रुपमा प्रस्तुत गर्ने दात्यिव हामीले बिर्सेने छैनौं र बिर्सन पनि हुन्न । हाम्रो सूचनाको मुख्य स्रोतका रुपमा रहेका हाम्रा पाठक सधैं आदरणीय हुनुहुन्छ । भिन्नभिन्न चरणका व्यवस्थापन र समाचार सम्प्रेषणका पक्षहरुलाई फरक–फरक ढंगले पाठकहरुले बुझ्ने गरेपनि सत्यताको कसीमा ओबीलाई कहिल्यै नकारार्नुपर्ने दिन आएको छैन । त्यो नै हाम्रा लागि सबैभन्दा ठूलो सम्पति मानेका छौं ।

दशवर्षसम्म पाठकले दिएको माया र विश्सावको जगलाई बलियोसँग कसेर आगामी दिनका यात्रालाई अझै मजबुत बनाउने हाम्रो प्रयास जारी रहने छ । तर, त्यसमा आदरणीय पाठकले दिएको अहिलेसम्मको माया अझै थपिनुपर्छ भन्ने हाम्रो अपेक्षा छ । र, माया थपिने छ, भन्ने विश्वासमा समेत रहेका छौं ।

हाम्रा लागि पाठकले दिएको सूचनालाई समाचारको सामाग्री बनाएर आम पाठक सामु सम्प्रेषण गर्ने अवसर भएका कारण नै यसका कतिपय त्रुटी समेत पाठककै सहयोगमा सच्याउँने प्रण गर्नै आएका छौं । आगामी दिन प्राविधिक र सैद्धान्तिक रुपमै त्रुटीहरुलाई न्यूनीकरण गर्दै ‘पाठकका लागि ओबी र ओबीका लागि पाठक’को सम्बन्धलाई अझै बलियो बनाउने छौं । एक दशकसम्म सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय पाठक, शुभेच्छुक, विज्ञापनदाता, आफ्ना सिर्जनाहरु सम्प्रेषणका लागि ओबीलाई सम्झनु हुने सिर्जनशील मनहरु र सुझावकर्ताप्रति पुनः हार्दिक आभार व्यक्त गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्