कानेपोखरी भौंसाबारीका २५ घर विपन्न परिवारलाई राहत वितरण

<span class='c1'>कानेपोखरी भौंसाबारीका २५ घर</span> <span class='c2'>विपन्न परिवारलाई राहत वितरण</span>

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं। ५ स्थित भौसाबारीमा बसोवास गरिरहेका विपन्न २५ घरपरिवारलाई राहत वितरण गरिएको छ । सोही स्थानमा स्थायी बसोबास गरि हाल रोजगारको शिलसिलामा दक्षिण कोरियामा रहेका खडकबहादुर र मनमाया राईका छोरा कुराज राईले सो राहतको व्यवस्थापन गरेका हुन ।

करिब २० हजार बराबरको खर्चमा वितरण भएको राहत प्याकेजमा १० केजि चामल, १ किलो दाल, १ पोका नुन र १ पोका तेल रहेको छ ।
राहत प्याकेज लिदैँ एक व्यक्तिले भने ूपालिकाले दोश्रो पटकको कोरोना महामारीको समयमा कुनै पनि प्रकारको विपन्न लक्षित कार्यक्रम नल्याएको भन्दैँ दुखेसो पोखेू । साथै उनले यस राहतले केहि हदसम्म सहयोग पुगेको पनि बताए ।

सो कार्यक्रममा माओवादी केन्द्र कानेपोखरी संयोजक मनोज राजवंशी, कानेपोखरी युवा समाजका अध्यक्ष विशुराज राई, जुमुस राई, खेमराज राजवंशी, स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन मनोज राजवंशीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्