विराटनगर–१२ मा बृक्षारोपण कार्यको थालनी

विराटनगर–१२ मा बृक्षारोपण कार्यको थालनी

बिराटनगर । विराटनगर महानगरपालिका–१२ मा मंगलबार ६०० सय भन्दा बढी विरुवा रोपिएको छ । दरैया जनता आधारभूत विद्यालयदेखि बखरी कामत चौकसम्म वृक्षारोपण गर्ने काम सुरु गरिएको हो ।

बिराटनगर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हिरालाल कामतले फुलको बिरुवा रोपेर अभियानको सुरु गर्नु भएको थियो । उक्त स्थानका सडकका दुवै स्थानमा जाकारण्डा जातको निलो फुल फुल्ने ६ सय ६० थान फुलको बिरुवा रोपिएको हो । त्यो संगै तार जाली पनि लगाइएको छ ।
वन तथा भुसंरक्षण विभागको सहयोग विराटनगर महानगरपालिकाका समंन्वय तथा स्थानीय उपभोक्ता समितिको साझेदारीमा करीब २५ लाख खर्चमा ६ सय ६० वटा विरुवा रोपिने तयारी भईरहेको छ ।

बिराटनगर महानगरपालिकाको वातावरण महाशाखा प्रमुख अनिता कोइरालाका अनुसार विराटनगरलाई व्यूटिकेशन अर्थात सौन्र्दयकरणमा मदत पुगोस भनेर जाकारण्डा जातको निलो फुल फुल्ने ६ सय ६० थान फुलको बिरुवा सडकको दुवैतर्फ रोपिने तयारी भईरहेको छ ।
बृक्षारोपण स्थानीयस्तरमै उपभोक्ता समिति मार्फत भैरहेको र बिरुवाको रेखदेखको लागि कुशेश्वर राजवंशीको संयोजकत्वमा संरक्षण समिति पनि गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्