रबिन विरुद्ध अदालतमा अभियोग दर्ता, मिसिलमा लाइसेन्स बनाएको पत्र समावेश

<span class='c1'>रबिन विरुद्ध अदालतमा अभियोग दर्ता,</span> <span class='c2'>मिसिलमा लाइसेन्स बनाएको पत्र समावेश</span>

विराटनगर । गत जेठ २० गते बेलुका साढे ७ बजे विराटनगर एयरपोर्ट मोडमा भएको दुर्घटनाका आरोपित विरुद्ध अदालतमा अभियोग दर्ता भएको छ । एक जनाको मृत्यु र एक गम्भीर घाइते हुने गरि भएको कार दुर्घटनाका सवारी चालकविराटनगर–५ बरगाछीका २४ वर्षीय रोविन भनिने रविन सिंह कार्की विरूद्ध जिल्ला अदालत मोरङमा मंगलबार अभियोग दर्ता गरिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ‘सवारी ज्यान मुद्दा’ अन्तर्गत सवारी तथा यातायत व्यवस्था ऐन २०४९ दफा १६१ (२) र दफा १६२ (१) को कसूरमा प्रतिवादी रविनलाई सोही ऐनको दफा १६१ (२) बमोजिमक तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवना माग दाबी गर्दै अभियोग दर्ता गरिएको हो ।
बुधबार प्रतिवादीको अदालतमा बयान हुने र बयान सकिए सोही दिन थुनछेक बहस हुनेछ । अदालतका स्रेस्तेदार राजकुमार दाहालले भोलि नै कार्कीसँग बयान सकाएर थुनछेक बहस गर्ने बताउनुभयो ।

जेठ २० गते राती साढे सात बजे प्रदेश सांसद बिन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो । मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।

दुर्घटनापछि सवारी चालक कार्की फरार भएका थिए । उनको साथमा लाइसेन्स नभएपछि अन्य सवारी चालक उभ्याउन हरदम प्रयास गरिएको थियो । तर, रविनले दुई वर्ष अगाडि बागमती प्रदेशको यातायात कार्यालयदेखि सवारी अनुमति पत्र लिईसकेको पाइएको छ ।
रविनले २०७५ कार्तिक १२ गते सवारी चालक अनुमति पत्र बनाएको अदालतमा दायर गरिएको अभियोगपत्रमा समावेश गरिएको छ । बागमती यातायात व्यवस्था कार्यालयले दिएको पत्रानुसार रविनको ०१–०६–००५४२५१९ नम्बरको लाइसेन्स रहेको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्