वीपीमा चर्कियो आन्दोलन, वार्ताबाट निकास निकाल्न उपकुलपतिको आग्रह

<span class='c1'>वीपीमा चर्कियो आन्दोलन, वार्ताबाट</span> <span class='c2'>निकास निकाल्न उपकुलपतिको आग्रह</span>

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरेका छन् । आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनै वार्ता नगर्ने घोषणा गरेको बेला विज्ञप्ती जारी गर्दै उपकुलपति डा.गिरीले सौहार्दपुर्ण वार्ताको आह्वान गरेका हुन् ।

वार्ताका दौरानमा आफुले कसैलाई कुनै प्रकारको दुव्यबहार नगरेको जानकारी गराउदै व्यक्तिगत चरीत्र हत्या गर्ने उदेश्यले परिस्थितिको गलत व्याख्या र प्रचार गरिएको उपकुलपति गिरीको दावी छ । पछिल्ला गतविधिले प्रतिष्ठानको छविमा आँच पुग्न गएकोमा उनले दुख व्यक्त गरेका छन् । प्रतिष्ठानमा विभिन्न समस्या रहेको स्वीकार गर्दै उपकुलपति गिरीले अहिले चलिरहेको आन्दोलनले त्यसलाई निकास दिने विश्वास आफूले राखेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उपकुलपति, रजिस्टार सहित प्रतिष्ठानका चारै जना पदाधिकारीको बहिर्गमनलाई मुख्य मुद्दा बनाउँदै आन्दोलनकारी चिकित्सक तथा कर्मचारीले कार्यकक्षमा तालाबन्दी गरेका छन् । तालाबन्दी गरेकी दिन उनले वार्ताको आह्वान पनि गरेका छन् । उनले आन्दोलनरत पक्षको प्रतिष्ठान सुद्धिकरण अभियानलाई खुलाहृदयले स्वागत गर्ने पनि बताएका छन् ।

साथै, आन्दोलनरत पक्षमा राष्ट्रप्रतिको कर्तव्य, नयाँ युगको सपना, स्वास्थ्य क्षेत्रको संवेदनशिलताप्रति गहिरो, अटुट र अटल निष्ठा देखेको पनि खुलाएका छन् । प्रतिष्ठानमा आएको १५ महिनाको दौरानमा काम गर्दैगर्दा आफ्नो तर्फबाट कुनै कमजोरी भएको भए त्यस्ता कार्यको संवैधानिक अख्तियारवाला निकायबाट अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने प्रतिबद्धता पनि उनले विज्ञप्तिमा जनाएका छन्। उपकुलपति गिरीले अनियमितताविरुद्ध बोल्ने चिकित्सकलाई प्रष्टीकरण सोधपछि बिपीमा पछिल्लो आन्दोलन सुरु भएको थियो ।
लगत्तै काठमाडौं गएर लामो समय बसेका उनी सोमबार साँझ धरान आएका थिए । प्रतिष्ठानमा अब पदाधिकारी नियुक्त गर्दा विभिन्न आयोगले निर्धारण गरेका मापदण्डहरु पालना गरेर पारदर्शी रुपमा छनोट गर्नुपन आन्दोलनकारीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्