बिराटनगर । लायन्स–लियो क्लब अफ बिराटनगर युनिक द्वारा आज बिराटेसश्वर बृदा आश्रममा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ । आश्रमलाइ २ कार्टुन तेल, १५ केजि दाल, १० केजि भुजा, मसला, बेसार हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब अफ बिराटनगर युनिकको नयाँ कार्यकालको सुरुवात भएको छ । नयाँ कार्यकालको अध्यक्षको रुपमा लायन्स सन्जय साह निर्वाचित भएका छन् । आफू निर्वाचित भएपछि आश्रममा खाद्यन्न सामाग्री हस्तान्तरण गरेर कार्यकाल सुरुवात गरिएको छ ।
उक्त कार्यक्रममा लायन बिनोद कुमार राउत, राजु अधिकारी, मदन खतिवोडा, युवराज अधिकारी, अजय दाहाल, सीता देवि साह, चन्द्र अधिकारी, चेतन निरौला, गोपाल काफले, राहुल कर्ण र पेरिस सुवेदीको उपस्थिति रहेको थियो ।