एक महिनापछि मालपोतको सेवा सुरु

<span class='c1'>एक महिनापछि मालपोतको</span> <span class='c2'>सेवा सुरु</span>

विराटनगर । मालपोत कार्यालय मोरङले एक महिनापछि सेवा सूचारु गरेको छ । कोरोना संक्रमणका कारण गत बैशाख १७ गतेदेखि बन्द रहेको सेवा सूचारु गरेको हो ।

मालपोत कार्यालय मोरङका प्रमुख लोकबहादुर भण्डारीका अनुसार आलोपालो प्रणालीमा सेवा सूचारु गरिएको छ । एक दिन एक पालिकाका लागि सेवा दिने दिन छुट्याइएको छ । नगरपालिकाका लागि दुई दिन छुट्याइएको छ ।

मालपोतका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि मोरङमा निषेधाज्ञासँगै सेवा बन्द भएको थियो । एक महिनापछि सेवा सूचारु गरेर जग्गा सम्बन्धि काम अगाडी बढाइएको अधिकृत भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्