सहकारीका कर्मचारीहरुलाई खोप उपलब्ध गराउन माग

सहकारीका कर्मचारीहरुलाई खोप उपलब्ध गराउन माग

विराटनगर । सहकारी संघले प्रदेशभरीका सहकारी संघ÷संस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप तत्काल लगाउन माग गरेको छ । प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको नेतृत्वमा गएको सहकारीको प्रतिनीधि मण्डलले सामाजिक विकास मन्त्री उषाकला राईसँग आज यस्तो माग राखेको हो ।

मुलुकभर करिव ३० हजारको संख्यामा रहेका सहकारी संघ÷संस्थामा ७५ लाख भन्दा बढी जनता सदस्यका रुपमा आवद्ध गरेर सेवा प्रवाह गरिरहेको सहकारी क्षेत्रलाई सरकारले उच्च प्राथमिक्तामा राख्नु पर्ने माग छ । प्रदेश नं. १ मा करिब ५ हजार सहकारी संघ÷संस्थाहरु रहेको र १० लाख भन्दा बढी ब्यक्तिहरु सदस्यका रुपमा आवद्ध रहेको चर्चा गर्दै अध्यक्ष पोखरेलले ती संस्थाहरुमा कार्यरत करिब २२ हजार कर्मचारीहरुलाई तत्काकल खोप लगाउन माग गर्नुभयो ।

प्रदेश सहकारी संघका तर्फवाट प्रस्तुत ज्ञापनपत्रमा ठूलो संख्यामा रहेका सहकारीका सदस्यहरुदलाइ कर्मचारीहरुले जोखिम मोलेर सेवा प्रवाह गर्दै आएको र यो भन्दा कम जनसम्पर्कमा हुने क्षेत्रलाई सरकारले अग्रपंतीको कार्यमा खटिने भनी कोरोना विरुद्धको खोप दिने गरेको तर बढी जनसम्पर्कमा रहेका सहकारीका कर्मचारीहरुलाई यसवाट वन्चित गरिनु अन्याय भएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै सामाजिक विकास मन्त्री राईले सहकारीलाई उच्च प्राथमिक्तामा राख्दै कोरोना विरुद्धको खोप तत्काल उपलब्ध गराउन आफुले सक्दो सहयोग गर्ने कुरा बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्