नगद एकलाख ५३ हजार चोरी आरोपमा एकजना पक्राउ

<span class='c1'>नगद एकलाख ५३ हजार</span> <span class='c2'>चोरी आरोपमा एकजना पक्राउ</span>

इटहरी । गत असार १२ गते साँझ ६ बजेको समयमा इटहरी उपमहानगरपालिका–३ का अनन्द प्रसाद पौडेलको घरबाट एकलाख ५३ हजार नगद र १४ हजार मूल्य बराबरको सुनको लकेट चोरी आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले घटनापछि खोज तलास गर्ने क्रममा असार १६ गते इटहरी–३ का २९ वर्षीय सुमन तामाङको घर कोठाबाट नगदसहित उनलाई पक्राउ गरेको हो ।

प्रहरीले तामाङको घर कोठाबाट चोरी गरेको नगद मध्ये ६९ हजार ५०० फेला पारी उक्त नगद बरामद गरिएको हो । तामाङलाई पक्राउ गरी चोरी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

यसैगरी इटहरी–६ स्थित कुनायन ट्रेडर्सबाट नाईट्रोजन ग्यास सिलिण्डर चोरी गर्ने इटहरी–१९ का सुरज परियारलाई प्रहरीले सिलिण्डरसहित पक्राउ गरेको छ । गत असार १५ गते सिलिण्डर चोरी भएको थियो । परियारलाई सुन्दरहरैंचा–३ को एक घरबाट सिलिण्डरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्