स्वर्गिय गिरिजाप्रसाद कोइरालाको ९८ औं जन्मजयन्तीमा मजदुरलाई मास्क र सेनिटाइजर वितरण

<span class='c1'>स्वर्गिय गिरिजाप्रसाद कोइरालाको ९८ औं जन्मजयन्तीमा</span> <span class='c2'>मजदुरलाई मास्क र सेनिटाइजर वितरण</span>

विराटनगर । स्वर्गिय गिरिजाप्रसाद कोइरालाको ९८ औं जन्मजयन्तीका अवसरमा मजदुरहरूलाई लक्षित गरि शुक्रबार विराटनगरका विभिन्न चोकहरूमा मास्क र सेनेटाइजर वितरण गरिएको छ । जी.पी. कोइराला फाउन्डेसन मोरङ शाखाले पुष्पलाल चोक र बरगाछी चोकमा कार्यक्रम गरि मास्क र सेनेटाइजर वितरण गरेको हो ।

अधिकांश मजदुरहरू मास्क नलाइ हिड्ने गरेकोे पाइएसंँगै ती स्थानमा कोरोना संक्रमण र यसले पार्ने प्रभावका विषयमा समेत जनचेतनामूलक कार्यक्रम समेत गरिएको फाउन्डेसन अध्यक्ष कौशल निरौलाले जानकारी दिए ।

मजदुरहरू भित्रने मुख्य नाका पुष्पलाल चोक ,बरगाछीमा पहिलो चरणमा कार्यक्रम राखिएको हो ।कार्यक्रममा नेपाली कांग्रेस युवा नेता दीपक चापागाईं,सामाजिक अभियन्ता सावित्री आचार्य ,फाउन्डेसन मोरङ उपाध्यक्ष पुनम सिंह, सचिव सन्तोष पोखरेल, सहसचिव अन्जु दाहाल, कोषाध्यक्ष नमिता आचार्य, सदस्य सन्जय मण्डल ,नम्रता बिमली, फाउन्डेसन नगर सह सचिव लिला ढुङ्गेल ,फाउन्डेसन युवा कार्यदलका अध्यक्ष अंकित पोखरेल,उपाध्यक्ष साइच्छा थापा,सचिव सुवास सापकोटा,सदस्य सुरज नेपाल,सविन भट्टराई लगायतको सहभागीता रहेको थियो ।

यस्तै जी.पी. कोइराला फाउन्डेसन युवा कार्यदल विराटनगरले आफ्नोे स्थापनाको १ बर्ष पूरा गरेकोे अबसरमा शनिबार स्थापना दिबस मनाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्