विराटनगर । प्रदेश १ मा कोभिड–१९ विरुद्धको दुवै डोज लगाउने ५३ हजार १५३ जना छन् । कोभिशिल्डको दुवै डोज लगाउने ५२ हजार ८२५ र भेरोसेलको दुवै डोज लगाउने ३२८ जना रहेका हुन् ।
कोभिशिल्डको पहिलो डोज लगाउने संख्या ३ लाख ७ हजार १८६ रभेरोसेलको पहिलो डोज लगाउने ६८ हजार ९०८ जना छन् ।
नेपालमा कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाउनेको संख्या २६ लाखभन्दा बढी पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म दुवै डोज खोप लगाउनेको संख्या २६ लाख ४ हजार ८६६ पुगेको छ ।
जसमध्ये कोभिशिल्डको पहिलो डोज लगाउनेको संख्या १८ लाख २८ हजार ४८४ छ छ । दुवै डोज लगाउनेको संख्या ४ लाख ५९ हजार ६२५ रहेको छ । यस्तै भेरोसेलको पहिलो डोज लगाउनेको संख्या ७ लाख ७६ हजार ३८२ र दुवै डोज लगाउनेको संख्या २ लाख ९८ हजार १० रहेको छ ।
सबैभन्दा बढी कोभिड–१९ विरुद्धको खोप लगाउने प्रदेश बागमती प्रदेश रहेको छ । यो प्रदेशमा कोभिशिल्ड र भेरोसेलको पहिलो मात्रा लगाउने संख्या ८ लाख ९० हजार ५० छ भने दुवै डोज लगाउने संख्या ४ लाख ५९ हजार ५८४ छ ।
प्रदेश २ मा कोभिशिल्डको पहिलो डोज लगाउनेको संख्या ३२ हजार ५३२ र दुवै डोज लगाउनेको ४६ हजार १५८ रहेको छ भने भेरोसेलको पहिलो डोज लगाउने ६९ हजार ७८३ र दुवै डोज लगाउने १ हजार ६८८ जना छन् ।
गण्डकी प्रदेशमा कोभिशिल्डको पहिलो डोज लगाउने १ लाख ८७ हजार ९७४ र दुवै डोज लगाउने ४९ हजार ६११ जना छन् । गण्डकीमा भेरोसेलको पहिलो डोज लगाउनेको ३१ हजार ७० तथा दुवै डोज लगाउनेको संख्या १ हजार ७०८ रहेको छ ।
लुम्बिनी प्रदेशमा कोभिशिल्डको पहिलो डोज लगाउने २ लाख ७८ हजार ४७६ र दुवै डोज लगाउने ८४ हजार १२४ तथा भेरोसेलको पहिलो डोज लगाउने ७४ हजार ३५८ र दोस्रो डोज लगाउने १ हजार ६ छन् ।
यसैगरी कर्णाली प्रदेशमा कोभिशिल्डको पहिलो डोज लगाउने १ लाख ७ हजार ३२८ र दुवै डोज लगाउने २८ हजार ८४८ जना रहेका छन् भने भेरोसेलको पहिलो डोज लगाउने २२ हजार ५७० र दुवै डोज लगाउने ४१५ जना छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा कोभिशिल्डको पहिलो डोज लगाउनेको संख्या २ लाख ५ हजार ५०६ र दुवै डोज लगाउनेको संख्या ३७ हजार ९०६ रहेको छ । सुदूरपश्चिममा भेरोसेलको पहिलो डोज लगाउने ४१ हजार १२५ तथा दुवै डोज लगाउने ५२४ जना छन् ।