हिन्दु जागरण महिला विभागद्वारा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई राहत

हिन्दु जागरण महिला विभागद्वारा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई राहत

विराटनगर । हिन्दु जागरण नेपाल मोरङ जिल्ला महिला विभागले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । लामो समयदेखी निषेधाज्ञाका कारण समस्यामा परेका लैंगिक तथा यौनिक अल्पसंख्यक २९ जना र एक विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

बिहान र बेलुकाको छाक टार्न समस्या भएको गुनासो आएपछि अभावमा परेका ३० परिवारलाई खाद्यान्न सहयोग गरिएको हिन्दु जागरण नेपाल मोरङ जिल्ला महिला विभागकी अध्यक्ष रमा प्रसाईले बताउनुभयो ।
हिन्दु जागरण नेपाल मोरङ जिल्ला कार्यसमिति, हिन्दु जागरण नेपाल मोरङ विराटनगर –९ वडा समिति, मातृभुमि समावेशी नेपाल, अमर सेकेण्डरी बोडिङ बेलबारी लगायतले आर्थिक सहयोग गरेका थिए । त्यस्तै व्यक्तिगत रुपमा पनि सहयोगी मनहरुले आर्थिक सहयोग गरेको अध्यक्ष प्रसाईले बताउनुभयो ।

राहत हस्तान्तरण कार्यक्रममा यौनिक तथा लैगिक अल्पसंख्यकहरुको हकहितका लागि काम गर्दै आईरहेको परिवर्तनशील समाज विराटनगर संयोजक मुस्कान श्रेष्ठले विपदको घडिमा राज्यको तर्फबाट यौनिक र लैंगिक अल्पसंख्यकको लागि केही नगरेको बताउनुभयो । उहाँले समलिंगी तेस्रोलिंगीहरु पनि यही देशको नागरिक भएको बताउँदै सहयोग गरेकोमा हिन्दु जागरण नेपाल प्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा हिन्दु जागरण नेपालका केन्द्रिय सदस्य कुशलकुमार निरौला, हिन्दु जागरण नेपाल विद्यार्थी संगठन प्रदेश एकको संयोजक सनम खतिवडा, वडा –९ का वडाअध्यक्ष विश्वनाथ भगत, बिराटनगर महानगरपालिका समन्वय समिति संयोजक राजेश मास्के, वाट टू वयरबाट सुजन साङपाङ राई, बजरंगी दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्