कानेपोखरीमा तेक्वाण्डो तालिम

कानेपोखरीमा तेक्वाण्डो तालिम

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा तीन दिने आधरभूत तेक्वाण्डो तालिम आइतबार सम्पन्न भएको छ । तेक्वाण्डो खेल प्रति अभिरूची बढाउनुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले कानेपोखरी तेक्वाण्डो कार्यसमितिले तालिम आयोजना गरेको हो ।

तीनदिनसम्म संचालन भएको तालिममा ६१ जना तेक्वाण्डो खेलाडीहरूको सहभागिता रहेको अध्यक्ष युवराज भुजेलले जानकारी दिए । उनका अनुसार असोजको अन्तिम साता प्रदेशस्तरीय तेक्वाण्डो प्रतियोगिता आयोजना गर्ने बताए । ‘ग्रामिण क्षेत्रमा खेलकुदको विकास गर्ने हाम्रो मुख्य लक्ष्य हो,’ उनले भने, ‘त्यही भएर खेलकुदका कार्यक्रमहरू सक्रिय बनाउने योजना रहेको छ ।’

तीनदिसम्म संचालन भएको तालिमको प्रशिक्षण नेपाल राष्ट्रिय मार्शलआट गेम्म महासंघका केन्द्रीय अध्यक्ष तथा आइटीएफ तेक्वाण्डोका प्रदेश १ का अध्यक्ष प्रबिण कार्की, केन्द्रीय सदस्य चर्तुरलाल चौधरी, प्रदेश महासचिब नविन तामाङ्ग रहेका छन् ।
समापन कार्यक्रममा बोल्दै कानेपोखरी गाउँपालिका – ६ का वडाअध्यक्ष खड्ग बहादुर बस्नेतले खेलकुद क्षेत्रको विकासमा स्थानिय सरकार लागि परेको बताए । समापन कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय मार्शलआट गेम्म महासंघका केन्द्रीय अध्यक्ष तथा आइटीएफ तेक्वाण्डोका प्रदेशका अध्यक्ष कार्कीले खेलकुद क्षेत्रको विकास गर्न तीन तहको सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए । राज्यले प्राथामिकतामा राखेर बजेट बिनायोजन गरे मात्र समग्रह खेलकुद क्षेत्रको विकास हुने बताए ।

नयाँ खेलाडी उत्पादन तेक्वाण्डो खेलप्रति अभिरुची बढाउन ग्रामिण बस्तीहरूमा तेक्वाण्डो खेल बिस्तार गर्न आफु लागि परेको उनले बताए । कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य कुमार फुयलको पनि सहभागिता रहेको थियो भने संचालक एविन पाठकले गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्