भन्सार छली सामान ल्याउदै गरेको गाडी र चालक नियन्त्रण

भन्सार छली सामान ल्याउदै गरेको गाडी र चालक नियन्त्रण

रंगेली । मोरङ रतुवामाई नगरपालिका ९ भौडा चौक स्थितमा भारतबाट भन्सार छली ल्याउदै गरेको चिनी, बिस्कुट सहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

आज दिउसो २ बजे ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याउदै गरेको को२च १०९ नम्बरको पिकअप गाडीमा चिनी १८ सय केजी र ईन्डियन बिस्कुट १८ कार्टुन फेला पारेको हो ।

उक्त सामानहरु भन्सार छली गरी ल्याएको खुल्न आएकोले पिकअप चालक लेटाङ नगरपालिका २ का २७ बर्षीय बिकास लिम्बु सहितलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार बुझाउने कार्य भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्