बङ्गलादेशमा पुन: बढ्दै सङ्क्रमित, एकैदिन १३४ को मृत्यु

<span class='c1'>बङ्गलादेशमा पुन: बढ्दै सङ्क्रमित,</span> <span class='c2'>एकैदिन १३४ को मृत्यु</span>

बङ्गलादेमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमितको सङ्ख्या छ हजार २१४ पुगेको छ । योसँग बङ्गलादेशमा आइतबारसम्ममा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको कूल सङ्ख्या नौ लाख ३६ हजार २५६ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमित १३४ जनाको मृत्यु भएको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले पुष्टि गरेको छ ।

सरकारको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ का २२ हजार २८७ नमूना परीक्षण भएका थिए ।

श्रीलङ्कामा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणपछि निको हुनेको सङ्ख्या आठ लाख २९ हजार १९९ पुगेको छ भने आइतबार तीन हजार ७७७ व्यक्ति कोभिड सङ्क्रमणमुक्त भएका महानिर्देशनालयले जनाएको छ ।

आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित १.५९ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८८.५७ प्रतिशत विरामी पूर्ण रूपमा निको भई घर फर्किएका छन् । बङ्गलादेशमा यसै बर्षको जुन ३० मा एकै दिनमा सबैभन्दा बढी आठ हजार ८२२ सङ्क्रमित भएका थिए भने जुलाई १ मा सबैभनदा बढी १४३ सङ्क्रमितको मृत्यु भउको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्