कोरोना विरुद्धको खोप वितरणमा समानता होस– बान कि मुन

कोरोना विरुद्धको खोप वितरणमा समानता होस– बान कि मुन

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताउनुभएको छ । उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिनुभएको हो । एक भिडियो कन्फ्रेन्समा बोल्दै उहाँले भन्नुभयो– यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ ।

उहाँले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरु परिररहेका प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरुको विस्तारै अर्थात नजानिँदो रुपले ज्यान लिइरहेको छ र यो कोरोना भाइरसले चाँडो चाँडो ज्यान लिएको छ भन्नुभयो ।

यी दुवै समस्याका विरुद्धमा विश्व एक भएर लड्नुपर्नेमा पनि उहाँले सो कन्फ्रेन्समा जोड दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्