स्याउ तस्करी प्रकरणमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको समेत चासो, उच्च प्रहरी अधिकारी संलग्न बारे अनुसन्धान हुने

स्याउ तस्करी प्रकरणमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको समेत चासो, उच्च प्रहरी अधिकारी संलग्न बारे अनुसन्धान हुने

विराटनगर । सुनसरीको कोशी गाउँपालिकास्थित लाही इकाईबाट तस्करी भएर भारत पु¥याइएको स्याउ प्रकरणमा प्रहरीका उच्च अधिकारी विरुद्ध समेत छानविन हुने भएको छ ।
गत जेठ ३० गते बिहान भारत बिहार, सुपौल जिल्लास्थित वीरपुर–भीमनगर सडक खण्डमा भारतीय प्रहरीले स्याउ नियन्त्रणमा लिइएको थियो । विराटनगर, धनुषा र सप्तरीबाट एक हजार ३५० कार्टुन स्याउ बोकेर त्यहाँ पुगेका तीनवटा ट्रक भारतमा पल्टी गर्ने क्रममा पक्राउ परेका थिए । सुनसरीबाट तस्करी भएको स्याउमा प्रहरीको संस्थागत सहयोग रहेको पुष्टि भएको छ । उक्त प्रकरणमा संलग्न तल्लो दर्जाका प्रहरीहरुमाथि अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले छानविन समिति बनाएको थियो । तत्कालिन डिआईजी इश्वरबाबु कार्कीले छानविन समिति गठन गर्नु भएको थियो ।

संघीय प्रहरी इकाई कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र चौधरीको संयोजकत्वमा बनेको टोलिले चारजना प्रहरीको संलग्नता देखिएको भन्दै प्रतिवेदन बुझाईसकेको छ । जसअनुसार सुनसरीको श्रीपुर जब्दीका प्रहरी सहायक निरीक्षक टेकबहादुर कार्की, हवल्दार विरेन्द्र यादव, अस्थायी प्रहरी चौकी कोशी कटानका प्रहरी सहायक निरीक्षक भुपराज पोखरेल र प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोलि (आरआईटी) का प्रहरी सहायक निरीक्षक किरण मोक्तानको संलग्नता पुष्टि भएको छ ।

अनुसन्धान टोलिले ट्रकका चालक, कारोबार गर्ने कारोबारी, स्याउ तस्करी हुँदा देख्ने केहि प्रत्यक्षदर्शीसँग बयानका आधारमामा र कारोबारी र प्रहरीबीच भएको टेलिफोन सम्पर्कका आधारमा दोषी ठहर गर्दै प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनका आधारमा प्रदेश प्रहरी कार्यालयले कारवाही गर्ने क्षेत्राधिकार भएका प्रहरीलाई कारवाही र प्रधानकार्यालयबाट कारवाही हुनुपर्ने प्रहरीका हकमा सिफारिस गरिसकेको डिआईजी अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

घटनामा माथिल्लो तहका प्रहरी अधिकारीको संलग्नता आशंका गर्दै गृहमन्त्रालयले समेत थप छानविनका लागि चासो देखाएको छ । घटनामा प्रदेश प्रहरी कार्यालय अन्तर्गत (रिट)का प्रहरी नायव निरीक्षक मोक्तानको संलग्नतालाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । मोक्तानले लाइन मिलाउन सुनसरी जिल्लाको फिल्डमा रहेको कोशी कटान र श्रीपुरजब्दी मातहतका प्रहरीसँग सम्पर्क गरेका थिए । तर, मोक्तान प्रदेश प्रहरी कार्यालय अन्तर्गत (रिट)का प्रहरी निरीक्षकको योजनामा खटिएको बताइएको छ । त्यसो हुँदा प्रदेश प्रहरी कार्यालयकै योजनामा स्याउ सुनसरी हुँदै तस्करी गराइएको हुनसक्ने आशंकामा थप पुष्टि हुने आधार देखिएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक कमल थापासँग डिआईजी कार्कीको छ महिना अगाडीदेखि नै सम्बन्ध चिसिएको थियो । त्यहिबेला स्याउ तस्करी प्रकरण जोडिएको हो । विराटनगरका व्यापारी शंखर चौधरीले जानकी कोल्ड स्टोरबाट ना ६ ख १८९५ नम्बरको ट्रकका स्याउ लोड गरेर पठाएको बताइन्छ । भारतीय कारोबारी मो.अर्लाम्सँगको साझेदारीमा भारतीय व्यापारी पवन चौधरी (जैसवाल) ले स्याउ मगाएको बताइन्छ ।
भर्खरै प्रदेश प्रहरी कार्यालयमा सरुवा भएर आउनु भएका डिआईजी अरुणकुमार बिसीले स्याउ प्रकरणमा प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयले समेत थप अनुसन्धानका लागि चासो राखिरहेको बताउनुभयो । उहाँले अनुसन्धानका क्रममा संलग्न देखिएका प्रहरी संगठनका सदस्यलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) अनुसार कारवाही गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्