कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी लगाउने विराटनगरका अमरनाथ गुप्ता सहित ८ जना पक्राउ

<span class='c1'>कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी लगाउने विराटनगरका</span> <span class='c2'>अमरनाथ गुप्ता सहित ८ जना पक्राउ</span>

काठमाडौं । युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट विराटनगरका एक जना सहित ८ जनालाई पक्राउ गरेको छ । युरोपमा जारी युरोकप र दक्षिण अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा अनलाइनमार्फत बाजी राख्न राख्न लगाएको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा विराटनगर महानरपालिका–७ घर भई काठमाडौंको मरुटोल बस्ने ४६ वर्षीय अमरनाथ गुप्ता सहित काठमाडौं महानगरपालिका–४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं महानगरपालिका–१९ ढोकाटोलका ४७ वर्षीय जीवन लामा, वीरगञ्ज महानगरपालिका–७ घर भई काठमाडौंको कुलेश्वर बस्ने ४६ वषीैय सुरज टिवडेवाल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

यसैगरी भारत बिहारको रक्सौल घर भई काठमाडौंको कुलेश्वर बस्ने ४६ वर्षीय अशोककुमार गुप्ता, चितवनको खैरहनी नगरपालिका–५ टरौली घर भई काठमाडौंको धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, भारतको हरियाण घर भई काठमाडौंको इन्द्रचोक बस्ने ४९ वर्षीय राजेशकुमार अग्रवाल, भारत राजस्थान घर भई काठमाडौंको क्षेत्रपाटी बस्ने ३३ वर्षीय सुचित डालमिया अग्रवाल रहेका छन् ।
उनीहरुले विभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा आईएमईबाट पठाउने र लिने गरी कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्