झापा । झापाको बिर्तामोड नगरपालिका ४ जात्रुबाडी बस्ने ६१ बर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागी मृत्यु भएको छ ।
आज बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिघे स्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागी बिजुलीको पोलमा चड्ने क्रममा करेन्ट लागी भुईमा लड्दा टाउकोमा चोट लागी गम्भिर घाईते भएका भट्टराईको उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पुर्याउन मृत्यु भएको हो ।
उनि अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी रहेका थिए । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भईरहेको छ ।