लेटाङ र बेलबारीका नौ पसलमा अनुगमन

लेटाङ र बेलबारीका नौ पसलमा अनुगमन

विराटनगर । मोरङको बेलबारी र लेटाङका नौवटा पसलमा अनुगमन गरेर उपभोग्य अवधी सकिएका खाद्य सामाग्री नष्ट गरिएको छ । उपभोग्य अबधि सकिएका खाद्य वस्तु सब्जि मसला, सोयाबिन दाना, बियर, विस्कुट, चकलेट, चोकोफन चकलेट, कुरकुरे, लेज, पतञ्जली घ्यू, पापड, हर्लिक्स, सुजी, भुजिया जस्ता सामाग्री बिक्रीका लागि पसलमा राखिएको अवस्थामा जफत गरेर नष्ट गरिएको हो ।

म्याद गुज्रेका २९ हजार ३०४ रुपैँया बराबरको सामान नौवटा पसलबाट संयुक्त बजार अनुगमन समितिले फेला पारेको थियो । जिल्ला प्रशासन कार्यालय, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशप्रसाद तिम्सिना, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर, गुणस्तर तथा नापतौल कार्यालय, विराटनगर, लेटाङ नगरपालिका, बेलबारी नगरपालिका, इलाका प्रहरी कार्यालय, लेटाङ र उद्योग वाणिज्य संघ लेटाङका कर्मचारी तथा प्रतिनिधीहरूको सहभागितामा अनुगमन गरिएको हो ।

पछिल्लो समयमा निशेधाज्ञाको कारणले पसलहरूमा उपभोग्य अवधि सकिएका खाद्य वस्तुहरू रहने र बिक्री हुने जोखिमलाई ध्यानमा अनुगमन गरिएको वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्