नेपाली काँग्रेस महाधिवेशन : मोरङमा कोइराला भर्सेज देउवा भिडन्त

नेपाली काँग्रेस महाधिवेशन : मोरङमा कोइराला भर्सेज देउवा भिडन्त

विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको रौनक जिल्ला तहमा देखिन थालेको छ । मोरङमा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.शेखर कोइराला समूहबीच स्पष्ट र कित्ताकाटसहित आन्तरिक राजनीतिक नेतृत्वमा प्रतिस्प्रर्धा हुने देखिएको हो ।

काँग्रेसको उद्गमस्थल मानिएको मोरङमा पार्टी भित्रको कोइराला ‘लिगेसी’ जोडिएका कारण पनि विशेष महत्वको रुपमा हेरिएको छ । पूर्व प्रधानमन्त्री एवं तत्कालिन सभापति स्वर्गिय गिरिजाप्रसाद कोइरालाको गृहजिल्लामा अहिले केन्द्रीय सदस्य डा.शेखर कोइरालाले केन्द्रीय सभापतिको दावी गरिरहेका बेला जिल्लातहकै राजनीतिमा निक्कै चहलपहल सुरु भएको छ ।
महाधिवेश अगाडी तल्लो तहका अधिवेशनको मिति नजिकएसँगै जिल्लामा सभापतिको दावी गर्नेहरुको संख्या दैनिक बढ्दै गएको छ । आगामी साउन १२ गते वडा, १६ गते गाउँ÷नगर, २० गते प्रदेश निर्वाचन क्षेत्र र २३ गते संघीय निर्वाचछन क्षेत्रमा चुनाव हुने मिति तय भईसकेको छ । साउन २६ का लागि तय भएको जिल्ला नेतृत्वको अधिवेशनमा मोरङमा सभापति देउवा भर्सेज कोइराला टिमबीच प्रतिस्प्रर्धा देखिने भएको हो ।

मोरङ जिल्लाभर नयाँ १४ हजार २५५ जना र पुराना १६ हजार २५५ जना क्रियाशिल सदस्य रहेका छन् । जिल्ला सभापतिका लागि हालसम्म कोइराला समूहबाट पाँचजनाले उमेद्वारी दिने तयारी गरिरहेका छन् । अहिलेका जिल्ला सभापति डिकबहादुर लिम्बू, गोपालराज भण्डारी, नागेश कोइराला, निरञ्जन रिजाल, केदार कार्की र यदु विष्ट कोइराला लाइनबाट सभापतिका दावेदार देखिनु भएको छ । यसैगरी पार्टी सभापतिको लाइनमा रमेशजंग रायमाझी र दिलिप गच्छदार जिल्ला सभापतिका आकांक्षी हुनुहुन्छ ।
जिल्ला सभापतिको उमेद्वार बन्नका लागि विधान बमोजिम नेपाली काँग्रेसको महासमिति सदस्यमा निर्वाचित हुनुपर्ने प्रावधान रहेको छ । महासमिति सदस्यको निर्वाचनपछि मात्रै उद्वारको योग्यता निर्धारण हुने भएकोले अहिले नै यहि हो भन्न सक्ने अवस्था नहरेको नेपाली काँग्रेस मोरङका युवा नेता केदार कार्की बताउनुहुन्छ ।

कार्कीले डाक्टर शेखर कोइरालाले केन्द्रीय सभापतिको उमेद्वारी दिनुहुने भएकोले मोरङमा यो समूहको एकमात्रै उमेद्वार हुने बताउनुभयो । अहिले देखिएका छ जनामध्ये एकजना सभापतिको उमेद्वार हुनुहुन्छ, नेता कार्कीले भन्नुभयो–सहमतिका आधारमा कसलाई बनाउने भन्ने कुरा सबैसँगै बसेर निर्धारण गर्नेछौं ।
१३ औं जिल्ला अधिवेशनबाट सभापतिमा डिकबहादुर लिम्बू निर्वाचित हुनु भएको थियो । तत्कालिन देउवा लाइनबाट सभापतिको उमेद्वार बनेर कोइराला लाइन मानिएका गोपालराज भण्डारी र केदार कार्कीलाई लिम्बूले पराजित गर्नुभएको थियो । तर, अहिले लिम्बूले देउवा प्यानल छोडेर कोइराला प्यानलको नेतृत्वमा हुनुहुन्छ । यस पटक साझा उमेद्वारको रुपमा सभापतिमा दावी गरेको छु, लिम्बूले भन्नुभयो–सबैलाई मिलाएर लैजाने गरि सभापतिको उमेद्वारी दोहो¥याउँदैछु ।

नेपाली काँग्रेसका पूर्व सचिव यदु विष्टले सहमतिय प्रणालीबाट आफ्नो उमेद्वारी हुने दावी गर्नुभयो । उहाँले अनुभवका आधारमा सबैसँग एकतावद्ध गर्दै बढ्नसक्ने नेतृत्व स्थापित हुने उहाँको विश्वास छ । जिल्लाका सचिव नागेश कोइराला, काँग्रेसका पुराना नेता गोपालराज भण्डारी र निरञ्जनप्रसाद रिजालले समेत आफ्नो आकांक्षा राख्नु भएको छ ।
केन्द्रमा शेखर कोइराला, शशांक कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य, गुरु घिमिरेलगायतका नेताहरु एकीकृत ढंगले जाने परिस्थिति बनेको खण्डमा मात्रै जिल्लामा पनि आफ्नो पक्षले जित्न सक्ने सो समूहको विश्लेषण छ ।
सोहीअनुसार संस्थापन इतर गुटहरुलाई एकतावद्ध बनाउने तयारीमा नेताहरुले दौडधुप गरिरहेका छन् । कोइराला पक्षबाट अन्तिममा डिकबहादुर लिम्बुलाई नै काँग्रेसको जिल्ला सभापतिमा एक्लो उम्मेदवार बनाउने सम्भावना रहेको काँग्रेसका स्थानीय नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्