राठीकोलको निशुल्क एम्बुलेन्सले आपतकालिन अवस्थामा राहत दिदै

राठीकोलको निशुल्क एम्बुलेन्सले आपतकालिन अवस्थामा राहत दिदै

कोरोना महामारीको समयलाई मध्यनजर गर्दै राठीकोलले निशुल्क एम्बुलेन्स सेवा ल्याएसँगै धेरै विरामीहरुले लाभ लिन पाएका छन् ।

विराटनगर ७ स्थित हाटखोलामा रहेको राठी एडेशिभ ईन्डष्ट्रिजले कोभिड १९ को माहामारीको अवस्थालाई मध्यनजर गर्दै “द बोण्ड अफ होप ” भन्ने कार्यक्रम अन्र्तगत मोरङ जिल्लाभरी निशुल्क एम्बुलेन्स सेवा ल्याएको थियो ।

गत असार २ गते उद्घाटन गरी ३ गतेबाट निशुल्क एम्बुलेन्स सेवालाई अगाडी बढाएको थियो । राठीकोलले बर्तमान अवस्थालाई मध्यनजर गर्दै आफ्नो सामान ढुवानी गर्ने मारुती भेन र म्याजिक भेनलाई एम्बुलेन्समा रुपान्तरण गरेको थियो ।

निशुल्क एम्बुलेन्स सेवा आएसंगै मोरङ र सुनसरीका धेरै विरामीहरुले यसको लाभ लिन पाएको राठी एडेशिभ ईन्डष्ट्रिजका योगेस राठीले जानकारी दिए । एम्बुलेन्स सेवा हत्तपत्त नपाईने र पाईहाले पनि महङगो भाडा लिने भएका कारण पैसा अभाव भईरहेको बेला निशुल्क एम्बुलेन्स सेवा लिन पाउदा धेरै खुशी भएको विरामीहरुको भनाई छ ।
यता एमुलेन्स सेवाको लागी दैनिकी ६ देखी ७ सम्म त कहिले एक दर्जन भन्दा बढी विरामीहरुले सम्र्पक गर्ने गरेको राठीले बताए ।
अन्य एमुलेन्समा पैसा तिर्न नसकिरहेको बेला निशुल्क एमुलेन्स सेवाबाट धेरै नै विरामीहरुलाई राहत मिलेको राठीको भनाई छ । ‘विरामीको माग बढीरहेका कारण निशुल्क एम्बुलेन्स सेवा निरन्तर लैजाने छौँ।’

निशुल्क एम्बुलेन्स सेवाबाट प्रसुती डेलीभेरी र कोभिडका विरामीहरु समेत ओसार पसार गर्ने गरेको एम्बुलेन्सका चालक राकेश यादवले बताए । विरामीहरुले दैनिकी फोन गर्ने गरेको र अस्पतालबाट घर र घरबाट अस्पताल सम्म पुर्याउने गरेको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्