बेलबारीबाट ब्राउन सुगरसहित तीनजना जना पक्राउ

<span class='c1'>बेलबारीबाट ब्राउन सुगरसहित</span> <span class='c2'>तीनजना जना पक्राउ</span>

विराटनगर । मोरङको बेलवारी नगरपालिका १ गाँईघाट टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अबस्थामा पक्राउ गरेको थियो ।

प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्