काठमाडौंको सम्पर्क कार्यालय प्रदेश १ मा लगानी भित्र्याउन हो: मुख्यमन्त्री

<span class='c1'>काठमाडौंको सम्पर्क कार्यालय प्रदेश १</span> <span class='c2'>मा लगानी भित्र्याउन हो: मुख्यमन्त्री</span>

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले काठमाडौँमा रहेको मुख्यमन्त्री सम्पर्क कार्यालय प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्र र वैदेशिक लगानीका व्यक्तिसँग भेटघाटका लागि रहेको बताउनुभएको छ ।

प्रदेश नं १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको शुक्रबारको २१औँ बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८९७० बोजिम आव २०७८र७९ को विनियोजना विधेयक २०७८ मा निर्दिष्ट कार्यक्रममा उहाँले सङ्घीय सरकारले काठमाडौँमा मुख्यमन्त्रीको लागि निवासको व्यवस्था गरेको गरेकाले सम्पर्क कार्यालय निवास नभएको प्रष्ट पार्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले कोरोना महामारीको दुवै लहरमा नागरिकको स्वास्थ्य उपचारमा सचेत रहँदै निःशुल्क सेवा उपलब्ध गराएको बताउनुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले रोजगारी र आर्थिक उत्पादकत्व वृद्धि गर्न सुरक्षाका लागि प्रहरीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै जनताले शान्ति सुरक्षाको अनुभूति नगरेसम्म विकासले फड्को नमार्ने जानकारी दिनुभयो । उहाँले एकद्वार प्रणालीअनुसार कानून एवं कार्यविधिको मापदण्डअनुसार विपद् राहत, पुनःस्र्थापना कार्य भैरहेको बताउँदै कहीकेही कमजोरी भए पनि पक्षपातपूर्ण व्यवहार नभएको उहाँले बताउनुभयो ।

विनियोजन विधेयक छलफलमा जयराम यादव, धीरेन्द्र शर्मा, मोहनकुमार खड्का, राजेन्द्रकुमार राई र लिला सुब्बाले मुख्यमन्त्री कार्यालय, आन्तरिक मन्त्रालय र आर्थिक मन्त्रालयका काम कारवाही, बजेट आदि विषयमा बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको सभामुख भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्