कोशी विद्या मन्दिर स्कुलको को–अर्डिनेटरमा सिएम रिजाल नियुक्त

<span class='c1'>कोशी विद्या मन्दिर स्कुलको</span> <span class='c2'>को–अर्डिनेटरमा सिएम रिजाल नियुक्त</span>

विराटनगर । विराटनगर–१० संसारीमाई स्थान स्थित कोशी विद्या मन्दिरको को–अर्डिनेटर चन्द्रमणि (सिएम) रिजाललाई नियुक्ती गरेको छ ।
स्कूलमा एक कार्यक्रमको आयोजना गरेर को–अर्डिनेटर रिजाललगायतलाई पदस्थापन गरिएको छ । विद्यालयका प्रबन्ध निर्देशक बालकृष्ण पोखरेलले विद्यालय क्षेत्रमा लामो अनुभवप्राप्त रिजाललाई विद्यालय को–अर्डिनेटर, विद्यालयकै पूरानो सदस्य चुडाचन्द्र श्रेष्ठलाई आधारभूत तहको को–अर्डिनेटर र राखी झालाई मन्टेशरी तहको को–अर्डिनेटरमा पदस्थापन गराए ।

सो अवसरमा प्रबन्ध निर्देशक पोखरेलले तीन दशकदेखि कक्षा १० सम्म गुणस्तरीय शिक्षा प्रदान गर्ने पहिलो रोजाईको शैक्षिक संस्था कोशी विद्या मन्दिरले विगत बर्षदेखि कक्षा १२ सम्म अव्वल दर्जाको म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कोर्स सञ्चालनमा ल्याई सकेको र यसै बर्ष देखि विराटनगरका युवा प्राध्यापकहरुको सहकार्यमा कक्षा१२ सम्म विज्ञान बिषयहरु समावेश गरी कक्षाहरु सञ्चालनमा ल्याउने तयारी गरेको बताए । कोशी विद्या मन्दिरलाई अझ शिक्षा क्षेत्रमा फड्को मार्ने विश्वास पोखरेलले व्यक्त गरे ।

विद्यालयका कार्यवाहक प्रिन्सिपलको पद सम्हालेका राजेशकुमार दासले विद्यालयको कार्य क्षेत्रमा विविधीकरण भएकोले आजको पदस्थापनले गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विद्यालयको कार्यकुशलता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्